मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो


काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बुधबार मृत्यु भएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो ।

अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कँदै गर्दा मृत्यु भएका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । उनको बुधबार घर फर्किने क्रममा मृत्यु भएको थियो । 

भारतबाट आएका उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका थिए ।

सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।