अछाम ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी एकिन्द्र कुवँरले बयालपाटा असपताललाई व्यक्तीगत सुरक्षाका सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । कुवँरको नेतृत्वमा २५ लिटर हेण्ड सेनिटाईजर, ५ पिस थर्मगन, ३५ पिपिई सेट, ५०० जोडा पञ्जा, एक हजार पिस मास्क, २० पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री बयालपाटालाई हस्तान्त्ररण गरेका हुन् ।
सदस्य कुवँरले अहिले बिश्वभरमा कोरोना भाईरसको संक्रमणले त्रास फैलाईरहेका बेला यस जिल्लामा पनि संक्रमित देखिएसंगै जोखिम बढ्ने भन्दै स्वास्थ्य सामाग्री प्रदान गरेको बताए ।
आगामी दिनमा समेत बयालपाटा अस्पतालका लागि आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता थियो । यस्तो संकटको घडिमा स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै बयालपाटा अस्पतालले उनलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै समाजसेवी कुवँरले जिल्ला अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । सामाग्रीमा ४० वटा पिपिई सेट, ५० पिस एन ९५ मास्क, ५ सय जोडा पञ्जा, १ हजार पिस सर्जिकल मास्क, २० लिटर हेण्डसेनिटाईजर, १५ पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री अस्पतालका डाक्टर मजोज बिष्टलाई हस्तान्त्ररण गरिएको छ ।
अस्ताललाई यस्तो कोरोनाको कहरका बिचमा सामाग्री सहयोग गरेकोमा अस्पतालले कुवँरलाई धन्यवाद ज्ञापन गरेको छ । सामाग्री बितरण कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मिनबहादुर कवँर, कांग्रेस महासमिती सदस्य राजन कुवँर, मंगलसेन नगरका नगर प्रमुख पदम बहादुर बोहरा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य पुष्पराज भट्ट र जिल्ला शाखा अध्यक्ष खम्म खत्री लगायतको सहभागिता रहेको थियो ।
यस्तै राखेप बोर्ड सदस्य कुँवरको नेतृत्वमा जिल्ला पुगेको टोलीले अछामका प्रमुख जिल्ला अधिकारीलाई भेट गरेका छन्। भेटमा जिल्लाको समसामयिक स्थिती, कोरोनाको अवस्था लगायतका बिसयमा छलफल भएको छ।
कुँवरले जिल्ला अस्पताल र बयालपाटा अस्पताललाई जोखिमको समयमा स्वास्थ्य सामग्री प्रदान गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिएका थिए।
प्रतिक्रिया