मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियताको विषयमा समर्थन देखिनुमा नेपालको हित छ : देउवा

राष्ट्रियताको विषयमा समर्थन देखिनुमा नेपालको हित छ : देउवा


काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता रहेको बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै देउवाले सबै राजनीतिक दलहरूबीच संविधान संशोधनको विषयमा एकता देखिनुले एकताकाे सन्देश गएकाे बताएका हुन्। उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ। यो अत्यन्तै महत्वपूर्ण छ।’

देउवाले कालापानीपूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताए। उनले भने, ‘सुगौली सन्धिअनुसार काली नदीपूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ। अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ। त्यसको अर्थ काली नदी भन्ने हुन्छ। काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन।’

सभापति देउवाले कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारको संशोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको बताए। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र कूटनीतिक प्रयासबाट फिर्ता ल्याउन प्रमुख प्रतिपक्षी दलले  साथ दिने प्रतिबद्धता जनाए। – नेपाल समय