मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय बढी

कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय बढी


सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप ७० जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ९ सय १६ पुगेको हो।

शनिबार संक्रमण पुष्टि भएकामध्ये सुर्खेतका ४० र दैलेखका ३० जना छन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ शाखा प्रमुख नवराज कँडेलका अनुसार नयाँ संक्रमण पुष्टि भएका सुर्खेतका ४० जनामध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना छन्।

त्यस्तै दैलेखका ३० जनामध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना छन्।

त्यस्तै आनै दैलेखबाट ९ जना व्यक्ति संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना संक्रमण मुक्त भएका हुन्।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ पुगेको। प्रदेशमा हालसम्म ३ जनाको कोरोनाका कारण मृत्यु भएको नेपाल समयमा खबर छ।