मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढीले पारित

संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढीले पारित


काठमाडौं- प्रतिनिधिसभाबाट नेपालको संविधान संशोधन विधेयक २०७७ दुई तिहाइभन्दा बढी मतले पारित भएको छ। विधेयकमा मतदान हुँदा पक्षमा २५८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि विधेयकमाथि मतदान भएको थियाे। 

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न संविधान संशोधन प्रस्ताव ल्याइएको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ेकी थिइन्। विभिन्न दलका शीर्ष नेताले प्रस्तावको समर्थन गरेका थिए।