मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव सम्पुर्ण सिमानाको रक्षाको लागि सोच्नुपर्छ : भीम रावल

अव सम्पुर्ण सिमानाको रक्षाको लागि सोच्नुपर्छ : भीम रावल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद भीम रावलले अव भारतसँग कायम रहेको सम्पुर्ण सिमानाको मुद्दा टुंग्याउनु पर्ने बेला आएको बताएका छन् ।

संबिधान संशोधन बिद्येयकको बिषयमा आफ्नो धारणा राख्दै पूर्वगृहमन्त्री समेत रहनुभएका नेता रावलले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा कायम गर्ने काम ऐतिहासिक रहेको बताए।

नेपाली भूमि फिर्ता ल्याउन सिंगो राष्ट्र एक भएकोले अव सवै सीमा समस्या समाधान गरी समस्यारहित सम्बन्ध कायम गर्नेतर्फ सवैले ध्यान दिनुपर्नेमा उनले जोड दिए।

रावलले नेपाली भुमि रक्षाको लागि सरकारले चालेको कदमप्रति धन्यवाद व्यक्त गरेका छन्।