मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्।

नेपालको नयाँ नक्सा समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै उनले भारतसँग भूमि फिर्ताका लागि वार्ता गरिने बताएका हुन्। 

प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो भएको बताए।

आगामी प्रक्रिया के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रूपमा पारित भएको छ, केही सांसदहरू अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ।” रासस