मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार कुँवरद्धारा गापालीका र वडाहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण

पत्रकार कुँवरद्धारा गापालीका र वडाहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण


डोटी – पत्रकार चक्र कुँवरले पालिका र वडामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । डोटी जिल्लामा रेडियोको क्षेत्रमा १० वर्ष देखी क्रियासील पत्रकार कुँवरले वोगटान फुड्सील गाउपालीका र पालीकाका विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो ।

गाउपालीका लाइ ५ सय वटा सर्जीकल मास्क र १५ थान सेनिटाइजर प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारलाइ कार्यालयमा हस्तान्तरण गरेका छन् । यसै गारी वडा नम्वर ५ धिर्कामाडौमा १०५ वटा लाइभवाइ सावुन, १०५ वटा सर्जिकल कास्क र १५ वटा सेनिटाइजर आफै क्वारेन्टाइनमा पुगेर वितरण गरेका हुन् ।

यस्तै वडा नम्वर ७ चवारा चौतारालाइ १३० वटा लाइभवाइ सावुन, १३० वटा सर्जिकल कास्क र १५ वटा सेनिटाइजर वडा अध्यक्ष देव वहादुर वमलाइ वडा कार्यालयमा पुगेर अस्तान्तरण गरेको पत्रकार कुँरले जानकारी दिए । उनले वडा नम्वर ४ सातफरीमा रहेका ११ क्वारेन्टाइनका १९१ जना लाइ यस अघि नै स्वास्थय सामाग्री तथा खाद्यय वस्तु वितरण गरि सकेका छन् ।

वोगटान फुड्सील गाउपालीका वडा नम्वर ४ सातफरी घर भएका पत्रका कुँवर रेडियो डोटीका संस्थापक अध्यक्ष तथा प्रवन्ध निर्देक हुनुका साथै नेपाल प्रेस युनियनका उपाध्यक्ष समेत हुन् । आफ्नो अभियान नि।न्तर चलीरहने उनले वताएका छन् । साथै सामाग्री वितरणमा सहयो गर्ने सहयोगी हातहरुलाइ धन्यवाद ब्यक्त गरेका छन् ।