मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसी बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै, भिम रावल पनि सहभागी हुदै

एमसीसी बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै, भिम रावल पनि सहभागी हुदै


काठमाडौं । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजेपछि बस्ने सचिवालय बैठक मार्फत नेकपाले एमसीसीको टुंगो लगाउने भएको हो ।

निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेकपाले आज टुंगो लगाउने छ। बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।

यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । बजेटमा समेत एमसीसीबाट प्राप्त रकम उपयोग गर्ने गरि उल्लेख गरिएपछि यो विषय निकै पेचिलो बनेको छ । बजेटमै एमसीसी घुसाएपछि यो विषय किनारा लगाउन नेकपामा दबाब बढेको छ ।

यसका विषयमा अध्यन गर्न नेकपाले झलनाथ खनालको संयोजकत्वमा एउटा कमिटि नै गठन गरेको थियो । उक्त कमिटिले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

नेकपा कयौं सदस्यहरुले एमसीसी राष्ट्रघाती भएको दाबी गर्दै आएका छन् भने प्रधानमन्त्री ओली सुरुका दिनमा एमसीसी पारि गर्नै पर्ने पक्षमा थिए भने पछिल्ला दिनमा यसलाई पारित गर्न जोडबल नगर्ने मुडमा पुगेका छन् ।

एमसीसीमा हस्ताक्षर गरेको नेपाली कांग्रेस जुनसुकै हालतमा यसलाई संसद्बाट अनुमोदन गर्नु पर्ने बताउँदै आएको छ ।