मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १९ पुग्यो


नेपालमा काेराेनाबाट ज्या’न गु’माउनेकाे संख्या १९ पुगेकाे छ ।  गुल्मीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृ’त्यु भए संगै देशबार बाट मृ’त्यु हुनेको संख्या १९ पुगेको हो।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ३६ वर्षीय पुरुषको शनिबार राति नि’धन भएको रेसुङा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

जेठ १२ गते कोरोना पुष्टि भएसँगै उनी सदरमुकाम तम्घासमा उपचार गराई रहेका थिए भने स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जेठ १३ गतेबाट आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

शनिबार राति ९ बजेर २० मिनेट जाँदा उनको नि’धन भएको र राति नै शवको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयल गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले नेपाल समयलाई जानकारी दिए ।

योसँगै गुल्मीमा कोरोना भाइरसका कारण दुइ जनाको मृ’त्यु भएको छ । यसअघि गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा जेठ ८ गते मृ’त्यु भएको थियो । 

शनिबार मात्रै बारा र पर्साका एक एक जनाको कोरोनाकै कारण मृ’त्यु भएको पुष्टि भएको थियो ।