धिरज कुँवर, अछाम,
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकिन्द्र कुँवर कोरोना भाइरसको महामारीको समयमा सामाजिक अभियानमा सक्रिय हुनुभएको छ। फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सन्चारकर्मीलाई सुरक्षाका सामान प्रदान गर्ने देखि अलपत्र परेका नागरिकको उद्दारमा समेत सक्रिय देखिनु भएको हो ।
कोरोना महामारि बिरुद्दको अभियानमा आफै देशका विभिन्न ठाउमा राहत, सहयोग र उद्दार मा लागिपर्नु भएका कुँवर केहि दिन यता आफ्नो गृह जिल्ला मा पुगेर राहत वितरण, सुरक्षा सामग्री वितरण र अफ्ट्यारो मा परेका लाई उद्दार तथा सहयोग कार्यमा लाग्नुभएको छ ।
उहाँले लकडाउनकै अवधिमा चौखुट्टे प्रहरी चौकीलाई ५ वटा पिपिई सेट, मार्कु स्वास्थ्य चौकीलाई ५ वटा पिपिई सेट, बुढाकोट स्वास्थ्य चौकीलाई ५ वटा पिपिई सेट र १ वटा थर्मागन वितरण गर्नुभएको थियो ।
साँफेबगर नगरपालिका -९ बुढाकोट स्थायी घर भई काठमान्डौं बस्दै आएका राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवरले अछामका सञ्चारकर्मीको लागि स्वास्थ्य सामग्री समेत वितरण गर्नुभएको हो । उहाले स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघका कार्वाहक अध्यक्ष खम्म खत्रीलाई हस्तान्तण गर्नुभएको थियो । उहाले नेपाल पत्रकार महासंघका कार्वाहक अध्यक्ष खम्म खत्रीलाई सेनीटाईजर, एन-नाईन्टी फाईब माक्स, सर्जिकल माक्स र गल्बस वितरण हस्तान्तरण गर्नुभएको थियो ।
राखेप सदस्य एवम समाजसेबी कुवँरले बयालपाटा असपताललाई व्यक्तीगत सुरक्षाका सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । उहाले आफ्नै नेतृत्वमा २५ लिटर हेण्ड सेनिटाईजर, ५ पिस थर्मगन, ३५ पिपिई सेट, ५०० जोडा पञ्जा, एक हजार पिस मास्क, २० पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री बयालपाटालाई हस्तान्त्ररण गरेको बताउनुभयो ।
यस्तै राखेप सदस्य एवम समाजसेवी कुवँरले जिल्ला अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । सामाग्रीमा ४० वटा पिपिई सेट, ५० पिस एन ९५ मास्क, ५ सय जोडा पञ्जा, १ हजार पिस सर्जिकल मास्क, २० लिटर हेण्डसेनिटाईजर, १५ पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री अस्पतालका डाक्टर मजोज बिष्टलाई हस्तान्त्ररण गर्नुभएको छ ।
यस्तै राखेप सदस्य एवम समाजसेवी कुवँरले साफेबगर नगरपालिकाका अधिकाङ्स क्वारेन्टाइन स्थलमा पुगि त्यहाँ बसेकाहरुलाई आवस्यक सुझाव ,सल्लाह र सहयोग गरेर स्वच्छ एवं परोपकारी भावनाको छवि बनाएका कुँवरले साँफेबगरका धेरै वडामा पुगेर क्वारेन्टाइनमा सहयोग समेत गर्नुभएको छ ।
प्रतिक्रिया