मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन १ काे क्वारेन्टाइनका लागि स्थानीयद्वारा चामल र तरकारी सहयाेग

मंगलसेन १ काे क्वारेन्टाइनका लागि स्थानीयद्वारा चामल र तरकारी सहयाेग


फाइल फोटो

हाेम साउद, अछाम।

मंगलसेन नगरपालिका वडानम्वर १ मा क्वारेन्टाइन ब्यावस्थापनका लागि स्थानीयले चामल र तरकारी सहयाेग गरेका छन । स्थानीय डम्मर थापाले ६० केजि चामल र वडानम्वर २ का स्थानीय तपेन्द्र बाेगटिले ३५ केजि तरकारी सहयाेग गरेका हुन् ।

भारतबाट आएर कुन्ति मावि क्वारेन्टाइनमा १४ दिन बसेर घर गएका थापाले क्वारेन्टाइनकाे लागि आफ्नाे तर्फबाट सक्दाे सहयाेग स्वरुप चामल उपलब्ध गराएकाे बताए। आफुपनि क्वारेन्टाइन बसेकाे र त्यहाँको दुख तथा क्वारेन्टाइन ब्यावस्थापनमा जनप्रतिनिधिलाई भएको समस्या थाेरै भएपनि राहत हाेस भनेर चामल हस्तान्तरण गरेकाे बताए।

सहयाेगि मनका धनी डम्मर थापालाई वडानम्वर १ का अध्यक्ष गाेपाल थापाले धन्यवाद ब्यक्त गरे । विश्वब्यापि संकटका बेला सबै एकजुट भए काेराेना बिरुद्ध लड्न सकिने भन्दै अध्यक्ष थापाले सहयाेग गर्न चाहने अन्य ब्याक्तिलाई पनि वडाले सम्मान गर्ने बताए।

यसअघि वडानम्वर १ म क्वारेन्टाइन बसेकाहरुका लागि मंगलसेन नगरपालिका २ निवासि तपेन्द्र बाेगटिले ३५ केजि तरकारी सहयाेग गर्नुभएको थियाे । बाेगटिलाई पनि वडा अध्यक्ष थापाले वडा कार्यालयकाे तर्फबाट धन्यवाद दिनुभएकाे छ ।