मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ३ जना कोरोना संक्रमित थपिए

अछाममा ३ जना कोरोना संक्रमित थपिए


अछाम । जिल्लाका थप तिन जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । तुर्माखाद गाउँपालिकाका २३ बर्षीय पुरुष, ढकारी गाउँपालिकाका २७ बर्षीय पुरुष, कमलबजार नगरपालिकाका ३१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार उनिहरुको प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परिक्षणका क्रममा कोरोनाको संक्रमण देखिएको हो ।

सुदूरपश्चिम नौँ जनामा कोरोना पुष्टि भएको मध्येका ३ जना अछामका हुन् । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा सात जना पुरुष र दुई महलिा गरी थप नौँ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

अछामका ३ संगै डोटीका चार जना, कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो । डोटीको दिपायल सिलगढी नगरपालिकाका ३० र ३७ बर्षीय पुरुष, सायल गाउँपालिकका २१ बर्षीय महिला र २८ बर्षीय पुरुषमा कोरकोना पुष्टि भएको छ ।

यस्तै कैलालीमा धनगढी उप–महानगरपालिकाका २ बर्षीय बालिका र गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय ३६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।