मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व रक्तदाता दिवसको अवसरमा बयालपाटा अस्पतालमा रक्तदान, ८ पिन्ट रगत जम्मा

विश्व रक्तदाता दिवसको अवसरमा बयालपाटा अस्पतालमा रक्तदान, ८ पिन्ट रगत जम्मा


अछाम / विश्व रक्तदाता दिवसको अवसरमा जिल्लाको बयालपाटा अस्पतालमा रक्तदान गरिएको छ । दिवसको अवसर परेपनि कोरोना भाईरसका कारण जिल्लामा रगतको अभावमा देखिएपछि रक्तदानको आयोजना गरिएको युवा संजाल साँफेबगरले जनाएको छ।

साँफेबगर नगरस्तरिय युवा सञ्जाल, आरटीआई सञ्जाल र मष्टमान्डौं रेडियो श्रोता क्लवको संयुक्त आयोजना, साँफेबगर नगरपालिकाको सहयोेग र बयालपाटा अस्पताल अस्पतालको प्राविधिक सहयोगमा रक्तदान गरिएकोे रक्तदानमा ८ जनाले रक्तदान गरेका थिए ।

हाल रगतको समस्या परि रहेको अवस्थामा रक्तदानले विरामीलाई रगत चाहिएमा सहज हुने बयालपाटा अस्पतालले जानकारी दिएको छ । रगतको अभावले कसैको ज्यान नगुमोस र अहिलेको परिस्थितिमा रगत अभाब हुने भएकाले रक्तदान कार्यक्रमको गरिएको साँफेबगर नगरस्तरिय युवा सञ्जालका अध्यक्ष पूजा वुढाले बताईन।

सामाजिक क्षेत्रमा क्रियाशिल सञ्जालले रगतको अभाव भएमा आगामि दिनमा पनि रक्तदानको आयोजना गर्ने आरटीआई सञ्जालका अध्यक्ष वैजन्ति कुँवरको भनाई छ।

रक्तदान गर्नु कसैलाई जीवन दान दिनु जत्तिकै काम भएकाले गलत भ्रममा नपरी रक्तदान गर्नुपर्ने बयालपाटा अस्पतालमा किल्निकल सेवा म्यानेजरमा कार्यरत ओमकार अधिकारीले बताए।