काठमाडौं । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको हो ।
मृ’त्यु हुनेमा गुल्मीको धुर्कोटका एकजना पुरुष रहेका छन् । उनको जेठ १२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
आइसोलेसनमा रहेका उनको जेठ ३१ गते उपचारकै क्रममा मृ’त्यु भएको बताइएको छ ।
क्यान्सरबाट पीडित समेत रहेका उनी भारतबाट आएका थिए ।
प्रतिक्रिया