मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चालु आर्थिक बर्षमा निर्माणधिन योजनाको प्राबिधिक टोलीद्धारा अनुगमन

चालु आर्थिक बर्षमा निर्माणधिन योजनाको प्राबिधिक टोलीद्धारा अनुगमन


लालबहादुर चदारा, अछाम – मेल्लेख गाउपालिकाले असार मसान्त सुरु हुन लागेसंगै आर्थिक बर्ष २०७६/०७७ मा निर्माणधिन अबस्थामा रहेका योजनहरुको कामको अबस्था बुझन थालेको छ । आइतबार प्रबिधिक प्रमुख सहितको टोलिले मेल्लखको वडा नं. ३ ठाटिमा रहेका योजनाहरुको अनुगमन गरेको छ ।

बिश्व माहामारिको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि लामो समयसम्म गरिएको लकडाउनका कारण कतिपय योजनाहर प्रभावित भएका छन् ।

ठाँटिमा निर्माणधिन अवस्थामा रहेका योजनाहरुको के कसरी काम भइरहेका छन भन्ने बारे जानकारी लिन मेल्लेख प्रबिधिक शाखा प्रमुख इन्जिनियर खडक धामी, प्रबिधिक रंग साउद लगायतको टोलि ठाटि पुगेको हो ।

टोलीले ठाटि पिपल चौर माबिमा गाँउपालिकाको सहयोगमा बनिरहेको चारकोठे पक्की भवन ३२ लाख को लगानीमा बन्दै गरेको भवन मापदण्ड अनुसारको बने नबनेको जानकारी लिएको छ । प्राबिधिक स्टमेट अनुसार भए नभएको चेक जाच पनि गरेको छ। प्राबिधिक दृष्टिकोणले भवनको निर्माण कार्य अगाडि बढिरहेकोले असार मसान्तसम्म सकनिे बताईएको छ ।

यतिबेला मेल्लेखका प्रबिधिकहरु गाँउपालिकाका वडा अन्तर्गत निर्माण कार्य असार मसान्तसम्म सम्पन्न गर्ने गरि काम गराउन दैनिक रुपमा फिल्डमा खटिरहेकोे इन्जिनियर धामीले बताए ।