मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दुई जनाले कोरोना जितेर घर फर्किए

अछामका दुई जनाले कोरोना जितेर घर फर्किए


अछाम / जिल्लामा दुई जनाले कोरोना जितेर घर फर्किएका छन् । चौरपाटी गाउँपालिका वडा नं. २ सोकटका ३१ वर्षीय युवक र मंगलसैन नगरपालिका वडा नं.४ का एम्वुलेन्स चालक कोरोना जितेर घर फर्किएका हुन्।

स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले दिएको जानकारी अनुसार चौरपाटी गाउँपालिका वडा नं.२ सोकटका ३१ वर्षीय युवा अछाममा देखा परेका पहिलो कोरोना संक्रमित हुन् । पहिलो पटक जेठ १४ गते पिसिआर परिक्षणका उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनिहरुको लगातार रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको सूचना अधिकारी जोशीले जानकारी दिए। चौरपाटी गाउँपालिकाले कोरना भाइरस जितेर घर फर्किएकालाई सम्मान गरी सुरक्षित रुपमा घर बस्ने गरी घर पठाएको छ ।

स्थानीय श्रोतको परिचालन गरि क्वारेन्टाइनको ब्यबस्था गरिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले बताए। अध्यक्ष साउदका अनुसार कोरोना जितेर घर फकिएका युवकलाई चेतनामुलक कार्यक्रम लाग्न पनि आग्रह गरिएको छ।