मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परोपकारी संस्था हेल्प अछामले गर्यो यात्रुलाई हेल्प

परोपकारी संस्था हेल्प अछामले गर्यो यात्रुलाई हेल्प


अछाम ।

परोपकारी संस्था हेल्प अछामले साँफेबगरमा जिल्ला भित्रिने र बाहिरिने यात्रु र यस क्षेत्रमा डिउटीमा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई खाजा वितरण गरेको छ ।

कोरोना भाईरसको बेला लकडाउनको बेला यात्रा गर्ने र सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सहित २१३ जनालाई हेल्प अछामले मास्क, फलफूल (प्याकिङ) र पानी सहयोग गरेको हो ।

परोपकारी काम गर्ने उद्देश्यले स्थापित हेल्प अछामले विभिन्न समयमा परोपकारी तथा सामाजिक कार्य गर्दै आईरहेको छ । बिशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित संसथाले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने हेल्प अछामका अध्यक्ष हिमाल कुवँर (उदासी) ले बताए ।

खाजा बितरण कार्यक्रममा साफेबगर नगरका उपप्रमुख तथा सस्थाका सस्थापक सदस्य बिर्मला बुदथापा, वडा नं.३ का वडाध्यक्ष कृष्ण बहादुर बुढा, प्रहरी चौकी साफेबगरका प्रहरी सहायक निरीक्षक खडक बहदुर भण्डारी, रेडियो जनप्रियका स्टेशन म्यानेजर तपेद्र कुवँर लगायत सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।