मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा अछामका सचिव साउदद्धारा क्वारेन्टाईन वसेकाहरुलाई नास्ता सहयोग

नेकपा अछामका सचिव साउदद्धारा क्वारेन्टाईन वसेकाहरुलाई नास्ता सहयोग

सुदूर आज

अछाम – नेपाल कम्यूनिष्ट पार्टी नेकपा अछामका सचिव झपट साउदले रामारोशन गाउँपालिकाका बिभिन्न क्वारेन्टाईनमा वसेकाहरुलाई नास्ता सहयोग गर्नुभएको छ ।

सचिव साउदले आफ्नो ब्याक्तिगत लगानीमा सबै वडामा स्थापना भएका क्वारेन्टाईनमा वसेकाहरुका लागि चना, चिउरा, अण्डा, चाउचाउ र मास्क वितरण गर्र्नुभएको हो ।

नास्ताका लागि ७२ किलो चिउरा, ६० किलो चना, २ पेटी चाउचाउ, ५ किलो चिनी, एक हजार ५० गोटा अण्डा, र ४०० थान मास्क रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद मार्फत क्वारेन्टाईनमा पठाउनुभएको हो ।

संकटको बेलामा भारतबाट आएका नागरिकहरुलाई आफ्नो तर्फबाट सानो सहयोग गरेको सचिव साउदले बताउनुभयो । संसारनै कोभिडका बिरुद्ध लडिरहेको बेलामा सबैले एक आपसमा मानवता र भाईचाराको सम्वन्ध राखेर रोग बिरुद्ध एकजुट हुनुपर्ने उहाँको भनाई छ ।