मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभामा चार विधेयक टेबुल

राष्ट्रियसभामा चार विधेयक टेबुल


काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ टेबुल गर्नुभएको हो।

बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुँदैछ। आज कानून, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलयअन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

यसैगरी युवा तथा खेलकूद, अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।