मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुग्यो, ७३ जिल्लामा फैलियो संक्रमण

देशमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुग्यो, ७३ जिल्लामा फैलियो संक्रमण


काठमाडौं । नोभेल कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका छन् । उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र  ३५ महिला रहेका छन् । 

यसअघि दैनिक संक्रमित थपिनेको संख्या सबैभन्दा बढी ४३३ रहेको थियो । जम्मा संक्रमितको संखया ६ हजार २११  पुगेको छ । देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हालसम्म देशभर कोरोना संक्रमित उपचारपछि एक हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा  १०४ महिला र  र ९३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । जसमा ६० पुरुष र ७ महिला रहेका छन् । 

देशभर हालसम्म एक लाख ३८हजार ६८३ पीसीआर परीक्षण गरिएको छ भने २ लाख १९ हजार ३३६ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा १ लाख ३३ हजार ८२९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार १५१ कोरोना संक्रमितहरु रहेका छन् । 

कहाँ कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ्‌का एक जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा पर्साका एक महिला ९ पुरुष,रौतहटका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । 

त्यसैगरी,प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँका ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  सेती प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका ३ जना पुरुष,कैलालीका १ जना महिला १ जना पुरुष र डोटीका एक जना महिला ३  जना पुरुषमा कोरोना पोजेटिभ देखिएका मन्त्रालयले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ५जना पुरुष,बर्दिया २ जना महिला १४ पुरुष र प्युठानका २ महिला १ पुरुष गरी २४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १ जना महिला र ४ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० र धुनषाका ४ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  नुवाकोटका २ जना महिला र १ पुरुष ,अर्घखाँचीका ३ ,चितवनका १ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मी २ र ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका १महिला र २ पुरुष,मोरङका २ महिला १९ पुरुष  र झापाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा  दैलेखका ३ जना महिला ८५ जना पुरुष,सुर्खेतका १ महिला र १८ जना पुरुष रहेका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाका ४ जना पुरुष र काठमाडौका एक जना पुरुषमा मन्त्रालयले कोरोना पुष्टि गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ  । जसमा ७ जना महिला र ३६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमा  २ जना महिला र २३ जना पुरुष रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका ९ जना पुरुष र काठमाडौंका एक पुरुष गरी १० जनामा कोरोना संक्रमण देखिएको छ । पाटन अस्पतालका ललितपुरका १ जना महिला र काठमाडौका २ महिलामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा  १३९ जनामा कोरोना पोजेटिभ  देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार बाराका एक जना पुरुष, गुल्मीका ७ जना पुरुष, कपिलवस्तुका १ जना पुरुष, महोत्तरीका १० पुरुष, पाल्पाका १० पुरुष, रौतहटका २ महिला ७४ पुरुष, रुपन्देहीका २ महिला र ५ पुरुष, सर्लाहीका २३ पुरुष, सिरहाका ४ पुरुष रहेका छन् ।