मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप ३ जनामा कोरोना संक्रमण

अछाममा थप ३ जनामा कोरोना संक्रमण


अछाम / जिल्लामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

मेल्लेख गाउँपालिका २४, २७ र ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो संगै अछाम नै कोरोना संक्रमितको हुनेको सख्या १९ पुगेको छ ।

यस अघि मेल्लेख गाउँपालिका वडा नं.४ कुष्कोटमा ८ जना, चौरपाटी गाउँपालिका वडा नं.२ सोकटका २ जना, मंगलसैन नगरपालिका वडा न ४ का एक जना र वडा नं.१ का एक जना र साँफेबगर नगरपालिका वडा नं.४ मष्टमान्डौका एक जना, कमलवजार नगरपालिका वडा नं.६ का ३१ वर्षीय पुरुष, तुर्माखाँद गाउँपालिका वडा नं.५ का २३ वर्षीय पुरुष, ढकारी गाउँपालिका वडा नं ६ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

जिल्ला बाहिर रहेका जिल्लाको मेल्लेखका वावुछोराीमा पनि धनगढीमा कोरोना पुष्टि भएको थियो । उनीहरु निको भएर घर फर्किएका छन् भने आइतबार मात्रै २ जना थप पनि निको भएर घर गएका छन्।