काठमाडौं । गत जेठ १० गते ह’त्या गरेर भेरी नदीमा फालिएका नवराज विककी प्रेमिकाले नवराजको ह’त्यामा आफ्ना बुवा र दाइको संलग्नता रहेको बयान दिएकी छन् ।
रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले यस्तो भनेकी हुन् । नवराजसहित ६ जनाको गत जेठ १० गते ह’त्या गरेर भेरी नदीमा फालिएको थियो। उनले त्यसअघि दुईपटक नवराजको घरमा पुगेर रात बिताएको समेत बयान दिएकी छन् ।
“२०७५ साल फागुन महिनामा नवराज विकले मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । त्यति वेला नै मैले एक्सेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गर्दथ्यो,” उनले बयानमा भनेकी छन्।
उनले बयानमा वैशाख १७ गते राति नवराजले ८ बजे समेत नवराजले २ जना साथीहरुलाई ल्याई आफ्नो घरनजिकै आएको मौकामा बुवा आमाले थाहा पाएको बताएकी छन् ।
प्रतिक्रिया