मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम बजेटका प्राथमिकता यस्ता छन्

सुदूरपश्चिम बजेटका प्राथमिकता यस्ता छन्


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको जानकारी दिए।

गरिबी र महामारीबाट अक्रान्त नागरिकलाई तत्काल राहत पुग्ने कार्यक्रम, कोभिड–१९ ले सिर्जित बन्दाबन्दीका कारण प्रदेशमा परेको प्रभाव र भविष्यमा पर्नसक्ने असरलाई न्यूनीकरण गर्ने, स्वदेश तथा विदेशमा रोजगारी र स्वरोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुमा रहेको ज्ञान सीप र क्षमताको प्रयोग गरी कृषि र गैर कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने विकासका कार्यक्रमलाई लक्षित गर्ने प्राथमिकता बजेटको छ ।

यसैगरी स्थानीय सीप स्रोत र साधनमा आधारित लघु साना तथा घरेलु उद्योग एवं मझौला उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्ने, स्वास्थ शिक्षा मानव विकासलगायतका सूचकाङ्कमा पछाडि परेको बाजुरा बझाङ दार्चुला र अछाम जिल्लामा कार्यक्रम सञ्चालन गर्ने, प्रदेशमा व्याप्त कू प्रथाकाविरुद्ध लड्न विशेष कार्यक्रम गरिने, पिछडिएका वर्ग क्षेत्र लिङ्ग जातजाति र समुदायलाई समाजिक न्यायसहितको सुरक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालनमा पनि बजेटले प्राथमिकता दिइएको छ । 

बजेट कार्यक्रम तथा विनियोजनअन्तर्गत समाजिक विकास मन्त्रालयको स्वास्थ्य क्षेत्रतर्फकोे बजेटमा वृद्धि गरी तीन अर्ब २६ करोड ६६ लाख पु¥याइएको छ। महामारीलगायतका रोगको प्रतिरोध क्षमता विस्तार गर्नका लागि ‘स्वास्थ्य सेवा सुधार वर्ष’ का रुपमा मनाउन स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ।

यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारीतर्फ ‘नमूना कृषि गाउँ आफैँ बनाउ’ भन्ने अभियानसहितका मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमलाई थप विस्तार गर्न बजेटमा जोड दिइएको छ।

कोभिड–१९ का कारण रोजगारी गुमाएका नागरिकलाई लक्षित गरी कृषि तथा पशुपक्षी विकास कार्यक्रममार्फत स्वरोजगार बनाउने जस्ता कार्यक्रम पनि बजेटमा समेटिएको छ। बजेटमा दार्चुलाको ब्यास गाउँपालिकामा सङ्घीय सरकार र स्थानीय तहको समन्वयमा सडक पुलपुलेसा, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधार जुटाउनसमेत बजेटमा प्राथमिकता दिइएको छ। यस्तै खेलकूद क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन, वन संरक्षण सम्वद्र्धन, जलस्रोतको विकासलाई समेत बजेटमा जोड दिइएको दिनेश खबरमा समाचार छ।