मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपबाट २०६६ जनाको स्वाब काठमाडौँ पठाइयो

सुपबाट २०६६ जनाको स्वाब काठमाडौँ पठाइयो


धनगढी : सुदूरपश्चिममा चाप बढि भएपछि दुई हजार बढिको थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ। प्रदेशमा एउटा मात्रै कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको तर शंकास्पद व्यक्ति बढुदै गएपछि दुई हजार ६६ जनाको नमुना परीक्षणका लागि काठमाडौँ पठाईएको हो।

‘धनगढी प्रयोगशालामा दैनिक दुईदेखि तीन सयको नमुना परीक्षण भईरहेको छ,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘सयौँको स्वाब थन्किन लागेपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका छौ।’

उनले दैनिक एक हजार जनाको परीक्षण गर्न सक्ने क्षमताको मेसिन खरिदका लागि पहल भईरहेको बताउँदै प्रदेश सरकारले तीन वटा पीसीआर मेसिन समेत खरिद गरीरहेको जानकारी दिए।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ९ हजार ७४ जनाको कोरोना परीक्षण भएको छ। धनगढी प्रयोगशाला मार्फत ६ हजार सात सय ६ जना र काठमाडौँ प्रयोगशाला मार्फत दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ। स्वाब संकलन गरीएका दुई हजार दुई सय १६ जनाको नमुना परीक्षण बाँकी रहेको दिनेश खबरमा समाचार छ।