मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले एकसाथ स्वदेश र विदेशबाट सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेसले एकसाथ स्वदेश र विदेशबाट सरकारलाई ज्ञापनपत्र बुझाउँदै


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउने भएको छ ।

कांग्रेसले आज (मंगलबार) कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउन लागेको हो ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध कांग्रेसले सडकदेखि सदनसम्म आक्रमक रुपमा प्रस्तुत् भएर प्रधानमन्त्री केपी ओलीको आगामी कार्यकालको ‘छिनोफानो’ सम्म गर्ने आन्तरिक तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीलाई नसुध्रिए कांग्रेसले सरकारविरुद्ध राजनीतिक रुपमा हरेक क्रियाकलपाप गर्न सकिने सन्देश दिन देश र विदेशबाट एक साथ विशेष ज्ञापन पत्र बुझाउन लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाइ छ ।

यता नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामले दिउसो १ बजे जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ। जिल्ला सभापति भरत कुमार स्वारका अनुसार सामाजिक दुरी कायम गरेर ज्ञापन पत्र बुझाइने छ।