मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“मुटुमा बिझेको एक टुक्रा प्रेम”

“मुटुमा बिझेको एक टुक्रा प्रेम”


– राम अविरल बिष्ट

रातो पुल यति बेला गाडीको ड’र लाग्दो आवाजले थ’र्किरहेको थियो – मेरो मु’टु जस्तै ! खुट्टाहरु बिस्तारै उठाएर पुलको छेउमा राखेँ। त्यहि पुल जुन पुलबाट म उनि परसम्म गएको हेरिरहन्थेँ, कुनै समय । आज पनि हेरेँ तर उनलाई होईन, फोहोरका थुम्काहरु बोकेका ड’र लाग्दा ट्रकहरुलाई। मान्छेको मन फोहोर भयो भने, सहर कहिल्यै सफा नहुँदो रहेछ। समय बिस्तारै घर्किदै छ। म जानु पर्ने कता हो, अझै अ’तोपतो छैन।

पसिनाले भिजेको भैयाको निधार देखे पछि झस्किएँ, “अहो आज त गर्मि पो रहेछ !” मु’टुको घा’उ च’र्किलो भए पछि, च’र्किलो घाम पनि च’र्किलो नलाग्दो रहेछ ! के उस्लाई पनि गर्मि भएको होला अहिले ? होईन, उ सँग त पसिना पुछि दिने हातहरु छन! अनि म सँग ? म सँग एउटा थोत्रो जीन्दगी छ। जस्लाई रिपेयर गर्नु पर्ने छ। भि’रबाट ल’डाई दिए हुँदैन ? होईन! रिपेयर नै ठिक छ।  आज पहिलो पटक आफ्नै जीन्दगी माथि द’या लागेर आयो ! अनायासै सोचेँ, उ यहि गाडी त हो – जो मलाई पुल बनाएर कतै दुर चलि गई ! पुल बन्नु मेरै गल्ति त हो नि ? म पुलबाट निस्किएँ ! ‘गौशाला चोक’मा उभिएर, गाडी कुरिरहेका मान्छेहरु के सोचिरहेका होलान ! सायद सोचिरहेका होलान :

आफैसँग रिसाने मान्छे त होईन
यसरि ह’रेश खाने मान्छे त होईन
सायद, मनमा चो’ट परेको होला
यो मन्दिर जाने मान्छे त होईन !

हो म मन्दिर जाने मान्छे होईन ! अनि काँ जाने मान्छे होस् त ? म त यसै, कतै मनको शान्ति खोज्न हिडेको मान्छे ! कहा छ,  मनको शान्ति ? पशुपतिमा ! पशुपतिमा भगवान पनि छ ? छ तर आज भोलीका भगवानहरु, भगवान जस्ता छैनन् ! मान्छेहरु पनि त मान्छे जस्ता छैनन् ! हो मलाई थाह छ, म पनि, म जस्तो छैन ! अनि भगवानलाई के भन्छस् त गएर ?

मेरी हुन देउ उनलाई, अरु कसैले बुझेको छैन
सुनारले जति सुनलाई, अरु कसैले बुझेको छैन

अनि सुन्छ त, भगवानले तेरो कुरा ? अहो ! म फेरी झस्किएँ ! मैले पशुपति जानु हुदैन नि। किन जानु हुदैन ? पशुपति त मैले उनलाई लिएर जानु पर्ने थियो । सो ह्या’ट ? जीन्दगी फूल त हुदै – होईन तर बाँच्न जान्ने हो भने फूल भन्दा कम पनि छैन। मलाई, आज तिमीले लगाएको कुर्ताको बयान गरेर समय बर्बाद गर्नु छैन। मलाई आज तिमी मलाई कति माया गर्छौ भन्ने कुराको हिसाब गर्नु छैन। मलाई त बस आज चुपचाप तिमीसँग हिडिरहनु छ, पशुपतिका मन्दिर वरिपरि। राम मन्दिरको त्यो चहुर जहा, कोही बदाम बेचिरहेको छ। किन्नु छ, मैले बदाम तिम्रो लागी। बदाम टोक्दै, हिड्नु छ भविष्यका लामा – लामा बाटाहरुमा, तिम्रो हात समाएर। बनाउनु छ भविष्यका रहर लाग्दा योजनाहरु। पशुपतिको पेटिको एउटा कुनामा तिमी सँगै बसेर सुन्नु छ – सन्ध्याकालिन आरति। जुन आरति सुनि सके पछि तिमीले मलाई अङ्गालेर भन्नु पर्ने छ कि,”तिमी मलाई कहिल्यै छोडेर जाने छैनौँ !”

पशुपतिको जँगलहरुमा उडिरहेका चराहरु, जो हामी जस्तै स्वतन्त्र छन। चराहरु पनि एकअर्कालाई प्रेम गर्छन। जसरी हामी एक अर्कालाई प्रेम गर्छौ। म तिमीलाई भेट्न नआउनुको कारण सोधिरहेको छु। तिमी भन्दै छौ, ‘भेट्न आउन माया लाउन समय मिल्नु पर्छ।’ म भन्दै छु,’ भेट्न आउन माया लाउन समय होईन मन मिल्नु पर्छ।’ तिमी जि’द्दी गर्दै छौ, ‘ अफिसमा कति काम हुन्छ, तिमीलाई के थाह !’ म बि’बाद गर्न चाहन्न लौ मैले हा’रेँ। म तिम्रो खुशिको लागी सधै जानी – जानी हा’रि दिने गर्छु। तिमीलाई के थाह, अरुको खुशिको लागी जानी – जानी हा’रि दिने मान्छेलाई कसैले जित्न सक्दैन। खैर, केहि छैन, छोड यो कुरा। तर जे भए पनि आज भोली तिमी निकै ब्यस्त हुन थालेकी छ्यौ। हुन सक्छ, तिमीलाई तिम्रो भविष्यको गहिरो चि’न्ता छ। तर, जे सुकै भए पनि बिश्वासको धागोले जोडिएका सम्बन्धहरुमा अविश्वासको कै’चि चलाए पछि टिक्न गा’र्हो हुदो रहेछ। तिमी किन निहुँ खोज्दै छौ म सँग ? कारण जे सुकै भए पनि मन त दुख्दो रहेछ।  तिमी पा’गल भयौ ? एस, म पा’गल नै हो। थाह होला नी पाग’लले जे पनि गरि दिन सक्छ। ल के गर्न सक्छौ गरेर देखाउन त, हेर्छु म पनि ! तर, ‘म तिमीलाई प्रेम गर्न बाहेक अरु केही गर्न सक्दिन’!,  म तिम्रो नराम्रो कुरालाई पनि प्रेम गर्छु। म तिम्रो राम्रो कुरालाई पनि प्रेम गर्छु। म तिमीलाई गाली गर्न सक्छु। म तिमीलाई शँका गर्न सक्छु। म तिम्रो प्रसँशा गर्न सक्छु। म तिम्रो अगाडी हाँसि दिन सक्छु। म तिम्रो अगाडी रोई दिन सक्छु ! के तिमी मेरो आशु पुछि दिन सक्छौ ? के तिमी आशुको भाषा पढ्न सक्छौ ? जब मनमा गोठोँ परेर बोल्न सकिदैन नि, तब आशु झर्छ ! तर मलाई थाह छ, तिमीलाई मेरो खुशिसँग, मेरो आशुसँग कुनै मतलब छैन। किनकी तिमी स्वा’र्थि छौ । स्वा’र्थि मान्छेहरुलाई आफ्नो मात्र मतलब हुन्छ। मलाई पनि केहि बोल्न दिन्छौ कि ? सरि ! ‘हजुर जहिल्यै पनि यस्तै गर्नु हुन्छ के !’ सरि ! अब देखी म कहिल्यै यसरि रिसाउँदिन। बरु म तिमीलाई एउटा कबिता सुनाउँछु :

सम्झनाका ति’रहरुले आफ्नै मु’टु घो’चि बसेँ ।
हिजो राति अबेर सम्म तिम्रै बारे सोचि बसेँ ।

ओ, कवि ज्यू कता ? पशुपति जाने भन्या होईन ? आरति सुरु हुन लाग्यो। हैट ! म त फेरी नोस्टाल्जियातिर पो पुगेछु ! साच्चै, म कता जान ला’को रे ? आ’र्यघा’ट ! आ’र्यघा’ट, किन ? म म’रिसकेँ र ? होईन, तँ प्रेममा स’हिद भईस । ए हो र, यो त राम्रो कुरो हो  ! अनि खै त मेरो सा’लिक ? पछि तेरो भूपूको छोराले बनाउँछ तेरो सा’लिक। चुप लागेर हिँड। हस्। तेरोमा ब्यालेन्स छ ? छ, किन ? शिब ब्रोलाई कल गर्नु छ। शिब ब्रो कता हो तिमी ? भ’ट्टितिर छु यार, फेरि पुतली सडकतिर जादैँ छु ! लौ किन नी फेरि? पार्वतिले फेरि ब्ल’क गरिन् यार ! पुतली सडक चै किन ? एटिमबाट पैशा झिक्नु छ ।  ए ल ल ब्रो म पनि आउँदै छु ! तिमी चै किन नी फेरि ? ‘मु’टुमा बि’झेको एक टुक्रा प्रेम’ झिक्नु छ ! भिजेको रुमाल जस्तै भएको छु। शब्दहरुमा नि’चोरिन मन छ। जीन्दगीको घाम कतै टाढा अरु नै कसैको बस्तिमा पुगी सक्यो होला।  मान्छे नि’चोरिनलाई आशु निचोरिनु पर्दा रहेछ। अनि नि’चोरिएको मान्छे लगभग ढु’ङ्गा जस्तै त हुदो रहेछ नि ! हो, मलाई पनि ढु’ङ्गा जस्तै बन्न मन छ। ए ! ए ! एक छिन :

फूल होईन मलाई प’थ्थर बन्नु छ
यि – बे’साहाराहरुको घर बन्नु छ
बाँचुन्जेल खुशि बनाउन सकिएन
अब म’रेर खुशिको खबर बन्नु छ !