मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा थप १९१ जना कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशमा थप १९१ जना कोरोना संक्रमणमुक्त


काठमाडौं- कर्णाली प्रदेशमा थप एक सय ९१ कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। यससँगै कर्णालीमा उपचारपछि कोरोनामुक्त भई घर फर्किनेको संख्या तीन सय ४२ पुगेको छ।

प्रदेशको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पतालबाट एक सय २०, दुल्लु अस्पतालबाट २७, सल्यान अस्पतालबाट ४१ र हिजो डिस्चार्ज भएर छुटेका तीन जना संक्रमित कोरोनामुक्त भएका हुन्।

यस्तै, त्यहाँ थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार मंगलबार दैलेखका पाँच र सुर्खेतका चार जनालाई कोरोना संक्रमण देखिएको हो।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३, ५ र ११ का एक एक पुरुषलाई कोरोना संक्रमण देखिएको छ। सोही नगरपालिकाको वडा नम्बर ७ का दुई पुरुष पनि संक्रमित भएका छन्।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ र १२ का एक एक पुरुष तथा भेरीगंगा नगरपालिकाका एक पुरुष र एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ। हाल ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जनाएका छन्।