मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम मा १७ संक्रमित थपिए

सुदूरपश्चिम मा १७ संक्रमित थपिए


धनगढी- सुदूरपश्चिममा थप १७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार कैलालीमा १० र कञ्चनपुरमा सात जनामा संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमित हुनेमा कैलालीको धनगढीका सात पुरुष तथा एक महिला, लम्कीचुहाका दुई महिला छन्।

यससँगै सुदूरपश्चिममा कूल संक्रमितको संख्या तीन सय ३६ पुगेको छ। अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा ८९ जनाको कोरोना परीक्षण गरिएको छ।