मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमा आज : ३८० कोरोना संक्रमित थपिए, ११७ जना डिस्चार्ज

देशमा आज : ३८० कोरोना संक्रमित थपिए, ११७ जना डिस्चार्ज

कुल संक्रमित ६ हजार ५९१, ७३ जिल्लामा फैलियो कोरोना


कुल संक्रमित ६ हजार ५९१, ७३ जिल्लामा फैलियो कोरोना

काठमाडौं । नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएका हुन् । 

सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए । ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५९१  पुगेको छ । पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् ।

जसमा १०९ पुरुष र ८ महिला रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ४३  हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३  हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख ३३ हजार ९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ५३१ कोरोना संक्रमितहरु रहेका छन् ।