मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट थप एक जनाको मृ’त्यु, मृ’त्यु हुनेको संख्या २० पुग्यो

कोरोनाबाट थप एक जनाको मृ’त्यु, मृ’त्यु हुनेको संख्या २० पुग्यो


नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप एक जनाको मृ’त्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृ’त्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

यो सँगै कोरोनाबाट मृ’त्यु हुने नेपालीको संख्या २० पुगेको छ। ४६ वर्षिया ती महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृ’त्यु भएको बताइएको छ।

बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङका अनुसार ती महिलाको मंगलबार साझ  कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। निमोनिया रोगले ग्रस्त ती महिला  जेठ ३० गते  अस्पतालमा भर्ना भएकी थिइन्।