मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुस कोरोना नफैलिएका चार जिल्ला

हेर्नुस कोरोना नफैलिएका चार जिल्ला


काठमाडौं । नेपालमा गत माघको पहिलो हप्ता पहिलोपटक कोरोना संक्रमण पुष्टि भए यता कोरोना सातै प्रदेशका ७३ जिल्लामा फैलिसकेको छ । 

चारवटा जिल्ला भने हालसम्म कोरोनाबाट सुरक्षित छन् । मनाङ, मुस्ताङ, रसुवा र ओखलढुङ्गा हालसम्म कोरोना संक्रमण नफैलिएका जिल्ला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । 

हालसम्म कोरोनाका कारण १९ जनाको ज्यान गइसकेको छ । ६ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये १ हजार १५८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।  

आइसोलेसनमा ५ हजार ११४ जना रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।