मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७ दिनमा एक लाखभन्दा बढी नेपाली सुदूरपश्‍चिम हुदै स्वदेश फर्किए

२७ दिनमा एक लाखभन्दा बढी नेपाली सुदूरपश्‍चिम हुदै स्वदेश फर्किए


धनगढी ।  जेठ ७ यता कैलालीको त्रिनगर र कञ्‍चनपुरको गड्डाचौकी नाका भएर एक लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।

यो आँकडा मंगलबार सम्मको हो। भारतका विभिन्‍न शहरमा रोजगारीमा रहेका उनीहरू कोरोना भाइरसका कारण उत्पन्‍न संकटबाट पार पाउन स्वदेश फिरेका हुन्।

जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरका अनुसार १२ जेठयता मंगलबार सम्ममा गड्डाचौकीबाट २८ हजार ३३९ जना नेपाल भित्रिएका छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय कैलालीले ७ जेठदेखि मंगलबार सम्ममा ८२ हजार १६३ जना नेपाली भारतका विभिन्‍न शहरबाट त्रिनगर नाका हुँदै नेपाल भित्रिएका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पहिलेको तुलनामा स्वदेश आउने नेपालीको संख्यामा कमी आएको बताए। शुरुमा आउँदा भिडभाड हुने डरले केही आजभोलि आउने गरेको र भारततर्फ समेत लकडाउन खुकुलो भएका कारण स्वदेश फर्किने संख्या कम भएको हुन सक्ने उनको भनाइ छ।

यस्तै लकडाउन शुरु भएपछि ११ चैतयता गड्डाचौकी, त्रिनगर, बैतडीको झुलाघाट र दार्चुला नाका हुँदै दुई लाखभन्दा बढी नेपाली स्वदेश फर्केका छन्।

संघीय सरकारको नीतिका कारण करिब डेढ महीनासम्म ठप्प रहेका यी नाकामध्ये कैलालीको त्रिनगर भने २ जेठदेखि ४ जेठसम्म खोलिएको थियो। फेरि तीन दिन बन्द गरेर पुनः ७ जेठमा खोलिएको थियो।