मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा १८ जना कोरोना संक्रमण थपिए

कर्णालीमा १८ जना कोरोना संक्रमण थपिए


काठमाडौं । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । 

उनले प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषणको प्रयोगशाला चारजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ गरी १८ जनामा संक्रमण देखिएको जानकारी दिए । 

उनका अनुसार हालसम्म यस प्रदेशमा कोरोना भाइरसको संक्रमण एक हजार १०४ जनामा देखिएको छ ।

जसमा ४९४ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।