मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप २ जनामा कोरोना संक्रमित थपिए

अछाममा थप २ जनामा कोरोना संक्रमित थपिए


अछाम – जिल्लाका थप २ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिका वडा नम्वर ४ र ७ का २२ र २४ बर्षीय युवकमा कोरोनाको संक्रमण देखिएको हो ।

धनगढी स्थित प्रादेशिक कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ।

यस्तै बुधबार कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर र बझाङ दुईरदुई जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय २४ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ५२ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय ५२, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५, दाङ र टिचिङ अस्पतालको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।