मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ५ हजार भन्दा बढीको आरडिटी र ६ सय २६ जनाको पिसीआर गरियो

अछामका ५ हजार भन्दा बढीको आरडिटी र ६ सय २६ जनाको पिसीआर गरियो


सरिता खड्का, अछाम / जिल्लामा हालसम्म ५ हजार ८ सय १ जनाको आरडिटी गरिएको छ । जिल्लाको १० ओटै स्थानीय तह, जिल्ला बाहिरबाट अछामका क्वारेन्टाईनमा रहेका ५८०१ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

उनका अनुसार ४ सय ४४ जनामा आरडिडी पोजेटीभ देखिएको छ । भने ५ हजार ३ सय ३७ जनामा नेगेटिभ देखिएको छ । जिल्लामा हालसम्म पिसीआर परीक्षण गर्न १३ सय ६६ जनामा स्वाव संकलन गरिएकोमा ६२६ जनाको नेगेटिभ आएको छ भने १७ जनामा कोरोना पोजेटीभ देखिएको छ ।

स्वाव संकलन गरि पठाईएकोमा हालसम्म ७ सय २१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी जोशीले जानकारी दिए।

जिल्ला भीत्रै हालसम्म १९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका जिल्लाको चौरपाटि गाउपालीकाका पुरुष र मंगलसेनका एम्बुलेन्स चालक कोरोना जितेर फर्किसकेका छन् ।

जिल्ला अस्पताल अछामको आईसोलेसन वार्डमा १७ जना उपचाररथ रहेका उनीहरु सबैको अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले दिए।