मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृ’त्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृ’त्यु


धनगढी : शनिवार पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृ’त्यु भएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार भईरहेकोमा आज साँझ ७ बजेर ५२ मिनेटमा उनको मृ’त्यु भएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ। 

उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन्। 

यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। यो संगै सुदूरपश्चिममा कोरोनाबाट मृ’त्यु हुनेको सङख्या ४ पुगेको छ। 

यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृ’त्युपछि कोरोना पुष्टि भईसकेको दिनेश खबरमा समाचार छ।