धनगढी : सुदूरपस्चिम प्रदेशमा कोरोना बाट ४ जनाको मृ’त्यु भयको छ। कैलालीमा थप दुई जनाको मृ’त्यु भएपछि यसको संख्या ४ पुगेको हो। एक जना महिलामा मृ’त्युपछि कोरोना पुष्टि भएको हो भने एक जना पुरुषको भने सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारका क्रममा मृ’त्यु भएको हो।
शनिवार पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृ’त्यु भएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार भईरहेकोमा बुधबार साँझ ७ बजेर ५२ मिनेटमा संक्रमित पुरुषको मृ’त्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उहाँको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन्। यसअघि उहाँको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। यस्तै कैलालीकी एक महिलामा मृ’त्युपछि कोरोना पुष्टि भएको छ।
नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृ’त्युपछि कोरोना पुष्टि भएको हो। टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृ’त्यु भएको थियो।
मृ’त्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार शव मेडिकल कलेजमै राखिएको छ। योसँगै सुदुरपश्चिममा कोरोनाका कारण चार जनाको मृ’त्यु भईसकेको छ।
यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृ’त्यु भएको थियो। तीनै जनाको मृ’त्यु भएपछि मात्रै कोरोना पुष्टि भएको दिनेश खबरमा समाचार छ।
प्रतिक्रिया