मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइओएमको डीनमा डा. दिव्या सिंह शाह नियुक्त

आइओएमको डीनमा डा. दिव्या सिंह शाह नियुक्त


काठमाडौं-  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा डा दिव्या सिंह शाह  नियुक्ति भएकी छिन्।

त्रिवि कार्यकारी परिषदको आजको बैठकले शिक्षण अस्पताल महाराजगञ्जकी मिर्गौला विभाग प्रमुख एवम् प्रधानमन्त्री केपी ओलीकी चिकित्सक समेत रहेकी शाहलाई संस्थानको डीन नियुक्त गरेको हो।

प्राडा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डीन पद रिक्त भएको थियो।

नयाँ डीन सिफारिस गर्न प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले सोमबार डा प्रदीप बैद्य, डा दिव्यासिंह शाह र डा उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो।

जेठ २३ गते डा ज्ञवालीको संयोजकत्वमा गठित कमिटीमा प्राडा सुवासराज आचार्य र प्राडा जीवन शेरचन सदस्य थिए।