मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आरडीटी नेगेटिभ देखिएर घर फर्किएकी महिलाको मृ’त्यु पछि कोरोना रिपोर्ट पोजेटिभ

आरडीटी नेगेटिभ देखिएर घर फर्किएकी महिलाको मृ’त्यु पछि कोरोना रिपोर्ट पोजेटिभ


सुर्खेत। जिल्लाको सिम्ता गाउँपालिका-८ की २५ वर्षीय युवती आरडीटी जाँच गर्दा कोरोना नेगेटिभ देखिएपछि घर पठाएको र झु’न्डि’एको अवस्थामा मृ’त फेला परेकी महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । 

भारतबाट घर फर्किएर सिम्ता-८ मा रहेको क्‍वारेन्टाइनमा १४ दिन बसेपछि उनलाई आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएको थियो । 

उनी असार १ गते झु’न्डि’एको अवस्थामा मृ’त फेला परेकी थिइन् । उनको श’व असार २ गते दिउँसो १ बजे मेहेलकुना अस्पतामा  ल्याएर सोहीन दिन स्वाब गरी कोरोना परीक्षणका लागि पठाइएको थियो । 

उनको परीक्षणको नितजा बुधबार पोजेटिभ देखिएको हो । कर्णालीमा कोरोना पोजेटिभ देखिएका मृ’तकको संख्या ४ पुगेको छ ।