मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुप प्रदेश सरकारले सवारी साधनको कर घटायो, विवरण सहित

सुप प्रदेश सरकारले सवारी साधनको कर घटायो, विवरण सहित


धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले सवारी साधानको तिर्नु पर्ने बार्षिक कर कटौती गरेको छ । मोटरसाइकल र कारमा बार्षिक रुपमा लाग्ने कर कटौती गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक बर्ष २०७७–०७८ मा सवारी साधनमा लाग्ने कर कटौती गरेको जनाएको छ ।

प्रदेश सरकारले १२५ सीसी भन्दा कमको मोटरसाइकलमा यसअघि २५०० लाग्ने गरेकोमा यस बर्षपनि यथावत नै रहेको छ । १२५ देखी १५० सीसी सम्मको सवारीमा यसअघि ४ हजार लाग्ने गरेकोमा यस बर्ष भने ५ सयले बढेर ४ हजार ५ सय पुगको छ ।

यस भन्दा बढी सीसी भएका सवारीहरुमा भने क्रमशः घटेको छ । १५० देखी २५० सीसी सम्मकोमा ८ हजार लाग्ने गरेकोमा यस बर्ष ४ हजार ५०० कायम गरिएको छ भने २५१ देखी ४०० सीसी सम्मको सवारी कर १६ हजार लाग्ने गरेकोमा यस बर्ष भने ८ हजार निर्धारण गरिएको छ । त्यसैगरी ४०० सीसी भन्दा बढीको मोटरसाइकलमा भने यस अघि लाग्ने गरेको ३० हजारबाट घटेर ९ हजारमा पुगेको छ । 

तर कारको हकमा भने १००० सीसी सम्मका सवारीमा गत आर्थिक बर्षमा २१ हजार लाग्ने गरेको भएपनि अब भने १९ हजार लाग्ने जनाईएको छ । १००० देखी १५०० सीसी सम्मका सवारी साधनका लागि यस बर्ष २१ हजार कायम गरिएको छ भने १५०० देखी २००० सीसी सम्मका लागि २३ हजार लाग्ने भएको छ ।

त्यसैगरी २००० देखी २५०० सीसीका लागि ३२ हजार रुपैया तोकिएको छ । २५०० देखी २९०० सीसी सम्मका ३७ हजार तिर्नुपर्ने उल्लेख छ भने २९०० देखी माथिको हकमा ५३ हजारका दरले बार्षिक कर निर्धारण गरिएको छ ।