मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला–धार्चुला नाका खुल्ला गरियो, ६६ भित्रिए २३ बाहिरिए

दार्चुला–धार्चुला नाका खुल्ला गरियो, ६६ भित्रिए २३ बाहिरिए


दार्चुला र धार्चुला जोड्ने सीमा पूल बुधबार बेलुकी खुल्ला भएको छ। पूल खुलेसँगै भारतमा रोकिएका ६६ जना नेपाली भित्रिएका छन् भने भारतका २३ जना बाहिरिएका छन्।

नेपाल भारतका अधिकारीबीच भएको सहमति अनुसार दुवै देशका नागरिकलाई वारपार गर्न दिइएको हो। पूल खुलेसँगै दार्चुलाका ४१ जना, बैतडीका ८ जना, कैलाली, हुम्ला, डडेल्धुराका एक/एक जना भित्रिएका छन् । यस्तै आफन्त वितेको भन्दै भारतबाट १४ जना होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्र्याइएको छ। 

दार्चुलाका ८ वटा स्थानीय तहका मानिसहरु पुलेखुलेसँगै भित्रिएका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पुल खुलेसँगै महाकाली नगरपालिकाका १८ जना, मालिकार्जुन गाउँपालिकाका १० जना, शैल्यशिखर नगरपालिकाका, अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिकाका एक/एक जना, मार्मा गाउँपालिकाका ४ जना, नौगाड र दुहुँ गाउँपालिकाका तीन/तीन जना नेपाल भित्रिएका छन्।