मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले भने साउनसम्म कोरोना नियन्त्रण गर्न सक्छौं

प्रधानमन्त्री ओलीले भने साउनसम्म कोरोना नियन्त्रण गर्न सक्छौं


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनसम्ममा कोरोना नियन्त्रण गर्न सकिने दाबी गरेका छन् ।

राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिले संक्रमितको संख्या बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सकिने जानकारी दिएका हुन् ।

“बाहिरबाट आउने नागरिकको व्यवस्थापन गर्न सक्यौँ भने अहिले बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सक्छौं,” उनले सदनमा भने ।

संक्रमितहरूको आउनेक्रम घटेर गएकाले नियन्त्रण गर्न सकिने अवस्था देखिएको प्रधानमन्त्रीको दाबी छ ।