मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा थपिए अहिले सम्मकै बढी संक्रमित, आज २१४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थपिए अहिले सम्मकै बढी संक्रमित, आज २१४ जनामा कोरोना पुष्टि


धनगढी : सुदूरपश्चिममा आज दुई सय १४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको उनले बताए।

यस्तै बाँकेकोको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ। उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच सय ९३ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४६ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६६, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्। – दिनेश खबर