मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै दिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ७८४८ पुगे

एकै दिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ७८४८ पुगे


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपालका ७४ वटा जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ।

हालसम्म रसुवा, ओखलढुंगा र मुस्ताङमा मात्रै कोरोना संक्रमित भेटिएका छैनन्।

नेपालमा साढे १ लाख भन्दा बढी मानिसमा पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।