मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा अहिलेसम्मकै बढी ४२ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ६४ पुग्यो

अछाममा अहिलेसम्मकै बढी ४२ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ६४ पुग्यो


अछाम । जिल्लामा बिहिबार मात्रै ४२ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको छ । ११ महिला र ३१ पुरुष गरी ४२ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यसअघि बिहीबार बिहान पुष्टी भएका मध्ये मेल्लेख गाँउपालिका २३ र साँफेबगर नगरपालिकाका ६ जना रहेका थिए भने साँझको रपोर्ट अनुसार १३ जना थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार १३ जना थप भएका हुन् । उनिहरु कुन पालिकाका हुन भन्ने खबर प्राप्त हुन सकेको छैन ।

स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवराज जोशीका अनुसार जेठ २८ गते स्वाब संकलन गरी धनगढी पठाईएको भएपनि उनिहरु सबैको परिक्षण काठमाण्डौको टेकुमा गरिएको थियो ।

एकै दिन ठुलो मात्रामा अछाममा कोरोनाको संक्रमण देखिएको यो पहिलो पटक हो ।