बाजुरा : बाजुरा जिल्लामा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ। १५ जना महिला र २६ जना पुरुष गरी ४१ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताए।
४१ ज्नामा ६ जना स्वास्थ्यकर्मी समेत रहेका छन्। ४ जना बडिमालिका नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एक जना अस्पतालको कर्मचारीमाकोरोना पुष्टि भएको हो।
योसंगै सुदूरपश्चिममा संक्रमित स्वास्थ्यकर्मीको सङख्या ११ पुगेको छ। यसअघि कञ्चनपुरमा तीन, डडेल्धुरामा एक र कैलालीमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ।
प्रतिक्रिया