मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूर पश्चिममा कोरोना सं’क्र’मितको संख्या ५ सय ९९ पु’ग्यो

सुदूर पश्चिममा कोरोना सं’क्र’मितको संख्या ५ सय ९९ पु’ग्यो


धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सं’क्रमितको संख्या ५९९ पु’गेको छ । बिहीबार एकैदिन २२४ जना थपिएपछि कोरोना संक्र’मितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १९९ जना, सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २४ जना र भेरि अस्पतालमा परीक्षण गर्दा एक गरि २२४ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा चारजनाको कोरोना संक्र’मणका कारण मृ’त्यु भएको छ । हिजोमात्रै कैलालीमा २५, कञ्चनपुरमा २०, अछाममा २९, वैतडीका २५, बाजुराका ४१, डडेल्धुराका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१११ जना भने डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिमका विभिन्न क्वारेनटाइनमा ४० हजार ४७२ जना छन् ।

उनीहरु सबै भारतबाट फर्र्किएका हुन् । ११९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।