मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा २८ बेडको आइसोलेसन कक्ष स्थापना हुदै

धनगढीमा २८ बेडको आइसोलेसन कक्ष स्थापना हुदै


धनगढी : धनगढी उपमहानगरपालिकाले आइसोलेसन कक्ष निर्माण गर्न थालेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रमा उपमहानगरपालिकाले आइसोलेसन कक्ष निर्माण थालेको हो।

शनिवारदेखि नै आइसोलेसन कक्ष सञ्चालनमा आउने मेयर नृपवहादुर ओडले बताए।

उनले तत्कालका लागि २८ बेडको आइसोलेसन कक्ष निर्माण शुरू गरिएको र यसलाई क्षमता बढाएर एक सय ५० बेड बनाइने जानकारी दिए।