मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशमा ज्या’न गु’मा’एका नेपालीको श’व ल्याइदै, कुन जिल्लाको कति ? (नामसहित)

विदेशमा ज्या’न गु’मा’एका नेपालीको श’व ल्याइदै, कुन जिल्लाको कति ? (नामसहित)


काठमाडौं। वैदेशिक रोजगारीका क्रममा ज्या’न गु’मा’एका २० जना नेपालीको श’व शुक्रबार कतारबाट आउँदै छ । ती श’वहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवत’रण हुने बताइएको छ ।

कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । वैदेशिक रोजगारीका क्रममा ज्या’न गु’माएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल ल्याउन लागिएको यो पहिलोपटक हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलवस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको श’व आउँदै छ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको श’व पनि कतार एयरलाइन्सले आजै ल्याउँदै छ ।

कतार एयरलाइन्सबाट आउने श’वमध्ये ७ परिवारले काठमाडौँमा जिम्मा लिन र बाँकीलाई उनीहरुका जिल्लामा पुर्‍याउने सरकारको तयारी छ । यस्तै साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा श’व आउँदैेछन् । जजिरा एयरलाइन्सले कुवेतबाट दुई जनाको श’व ल्याउँदै छ ।

हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा श’व ल्याउँदैछन् । कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको श’व आउँदै छ । युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको श’व ल्याईँदै छ । यसअघि जजिराले हिजो पनि दुईवटा श’व ल्याएको थियो ।